देशको सबैभन्दा ठूलो लगानी र लामो केवलकार निर्माणका लागि समझदारी

Advertisement

काठमाडौं । लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा सञ्चालन गर्न समझदारी भएको छ ।

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुण सुवेदीले हस्ताक्षर गरे । कम्पनीले विकास गर्ने मुक्तिनाथ केवलकार प्रणालीमा करिव ८३ दशमलव ६५ किलोमिटर लामो केवलकार लाइन निर्माण हुनेछ ।

लाइनमा छ वटा स्टेशन रहनेछन् । ती स्टेशनहरुलाई वीरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित गरिएको छ ।

आयोजनाको लागत ३५ करोड अमेरिकी डलर अनुमान गरिएको छ । गत वैशाख १५ मा बसेको लगानी बोर्डको बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्नुका साथै यसको लागि उक्त कम्पनीसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गराउन बोर्डको कार्यालयलाई निर्देशन दिएको थियो ।

समझदारी भएको मितिले १८ महिनाभित्र डीपीआर तयारी गरी बोर्डमा पेश गर्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement