एनआइसी एसियाले आह्वान गरेको ऋणपत्रमा ४२ प्रतिशत बढी आवेदन

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले आह्वान गरेको ऋणपत्रमा माग गरिएको भन्दा ४८ प्रतिशत बढी आवेदन परेको सो बैंकले जनाएको छ । बैंकका अनुसार एक अर्ब ४६ करोड ४० लाखको ऋणपत्र बिक्री आह्वान गरिएकोमा दुई अर्ब १६ करोडको आवेदन प्राप्त भएको जनाइएको छ ।

बैंकले यही भदौ २१ ग्ते विक्री खुला गरेको एक अर्ब ८३ करोड बराबरको ऋणपत्र प्रतिव्यक्तिगत तथा संस्थागत लगानिकर्ताहरुबाट उत्साहजनक सहभागिता भई पूर्णरुपमा आवेदन प्राप्त भईसकेको भन्दै सात बर्षेको अवधिमा परिपक्व हुने यस ऋणपत्रको ब्याजदर ११ प्रतिशत रहेको जनाएको छ ।

प्रतिऋणपत्र एक हजार रुपियाँ अंकित मुल्यका १८ लाख ३० हजार कित्ताले हुनआउने एक अर्ब ८३ करोडमध्ये एक अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री खुला गरिएको थियो । त्यसैगरी ३६ करोड ६० लाख बराबरको ऋणपत्र सर्वसाधारणका लागि विक्री खुला गरिएकोमा बुधबारसम्म करीब ४४ करोड (१२०प्रतिशत) आवेदन प्राप्त भएको, दुवै तर्फगरी कुल करीब दुई अर्ब ६० करोड अर्थात ४२ प्रतिशतले बढीको आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

जारी गरिएको ऋणपत्र द्वितीय बजारमा खरीद विक्रीको लागि सूचिकृत गरिनेछ । नेपालको पूँजीबजारमा हाल बैकिङ्ग क्षेत्र, बिमा क्षेत्र, जलविद्युत क्षेत्र तथा केही उत्पादनशिल क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएता पनि ऋणपत्रको कारोबार भने लगभग नगण्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकहरुमा रहेको चलायमान ऋणपत्र बजार अनुरुप थप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको उक्त ऋणपत्रले थप टेवा पु¥याउने एनआइसी एसियाको अपेक्षा छ ।

यस्ता दीर्घकालिन ऋणपत्रहरुले व्याजदरको उतारचढावसम्बन्धी बिद्यमान अवस्था र बैंकिङ्ग क्षेत्रमा बिकराल समस्याको रुपमा रहेको एसेट लियाबिलिटी म्याचुरिटी मिसम्याचलाई केही हदसम्म सम्बोधन गर्ने र दीर्घकालीन ऋण औजारको अभावमा बैंक तथा वित्तीय संस्थाहरुले हाल भोगिरहेको छोटो अवधिको निक्षेपबाट लामो अवधिको कर्जा प्रदान गर्नुपर्दा उत्पन्न भएको एसेट लियाबिलिटीको संरचनात्मक मिसम्याचको अवस्थामा केही हदसम्म भए पनि राहत दिने, त्यासबाट दीर्घकालिनरुपमा बैंक तथा वित्तीय संस्थाहरुको पूँजीको अवस्था अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement