माल्दिभ्ससँग निराशाजनक हारसँगै नेपालको साफ च्याम्पियनसिप यात्रा यसपटकलाई अन्त्य

Advertisement

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशमा जारी फुटबल खेलबाट नेपाल बाहिरिएको छ । बुधबार भएको खेलमा नेपालले माल्दिभ्ससँग ३ ० को निराशाजनक हार व्यहोर्दै खेलबाटै बाहिरिएको हो ।

नेपाल साफ च्याप्यिनसिपमा सेमिफाइनलबाट माथि जान सकेको छैन । ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग पराजित भएको हो । रक्षापंक्तिको लगातार कमजोरीमा नेपालले ३ गोल खाएको हो । खेलको करिव नवौ मिनेटमै गोल गरेको माल्दिभ्सले दोस्रो हाफमा दुई गोल थपेको हो ।

नेपालका विमल घर्तीमगरले माल्दिभ्सका खेलाडीलाई फल खेलेपछि माल्दिभ्सले फ्रिकिकको मौका पाउँदै पहिलो गर्न गर्न सफल भएपछि नेपालको खेललाई ब्याडलक भएको हो ।

छोटो पास र आवश्यकताअनुसार बल नियन्त्रणमा अब्बल देखिएको माल्दिभ्सले दोस्रो हाफको अन्तिमतिर दुई गोल थपेपछि यस पटककको लागि नेपालको साफ च्याम्पियनसिपको यात्रा टुँगिएको हो ।

माल्दिभ्सका लागि इब्राहिम हसन वाहिदले दुई गोल गरे। नेपालको रक्षापंक्तीले डिबक्सभित्र बल क्लियर गर्न नसक्दा खेलको अन्तिममा माल्दिभ्सले सजिलै दुई गोल थप्न सकेको हो । माल्दिभ्ससँग यसअघि पनि पटक पटक पराजित भएको नेपालले यस पटक पनि बदला लिन सकेन ।

Advertisement

Advertisement

Advertisement