निर्मला हत्या प्रकरणले संसद पनि तात्यो, सरकारको जवाफ खोज्दै काँग्रेसद्धारा बहिस्कार

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा कञ्चनपुरवासी हुँदै सिंगो मुलुक आन्दोलित भइरहेको बेला यो मुद्दा संसदमा पनि प्रवेश गरेको छ ।

पन्तलाई न्याय दिलाउन सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसका सांसदहरू उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

बैठक सुरु हुनेबित्तिकै कांग्रेसका नेता दीलेन्द्रप्रसाद बडुले सरकार नै निर्मला हत्याको मतियार भएको आरोप लगाउँदै सरकारको जवाफ प्रतिनिधिसभा बैठक चल्न नदिने बताए। उनले रोल्पामा तरूण दलका नेताको हत्यारालार्इ पनि कारबाही नभएको भन्दै उनले विरोध गरे ।

सभामुख महराले सरकारले उपयुक्त समयमा जवाफ दिने भन्दै संसद अवरुद्ध नगर्न आग्रह गरे पनि कांग्रेस सांसदहरू मानेनन्। सांसद बडुले बालिकाको बलात्कार र हत्याको घटना झन् जटिल र रहस्यमय बन्दै गएको भन्दै अनुसन्धानबाट बास्तविक दोषी पत्ता लगाउन भन्दा राज्य संयन्त्र नै घटनाको ढाकछोप गर्न थालेको बताए ।

Advertisement

Advertisement

Advertisement