मुक्तिनाथ विकास बैंकले २० प्रतिशतभन्दा बढी बोनस सेयर दिने

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस सेयर र शुन्य दशमलव ९६ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम रहेको कुल चूक्ता पुँजी दुई अर्ब ५९ करोड १७ लाख ६३ हजार तीन सय १७ रुपियाँको नगद र बोनस सेयर गरी कुल २० दशमलव २१ प्रतिशत लाभांस दिने भएको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांसलाई नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने जनाइएको छ ।

बोनस सेयरपछि बैंकको कुल चुक्ता पुँजी तीन अर्ब छ करोड ४७ लाख ६० हजार एक सय ३३ रुपियाँ पुग्ने बैंकले जनाएको छ । गत आवमा बैंकले एक दशमलव शुन्य पाँच प्रतिशत नगद लाभांस दिएको थियो । हाल बैंकको सेयरधनिहरुको प्रतिशेयर आम्दानी २२ रुपियाँ २० पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement