अमेरिकामा शक्तिशाली सामुद्रिक भूमरी, पाँच राज्यमा संकटकाल घोषणा

Advertisement

एजेन्सी । अमेरिकाको पूर्वी तटिय इलाकामा जुन(फ्लोरेन्स चक्रवातमा) सामुद्रिक भूमरी उर्लिँदा हजारौं मानिसहरु खतरामा परेका छन् । खतराका कारण पाँच वटा राज्यमा संकटकाल लगाइएको एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी मौसम विभागको ताजा जानकारी अनुसार यो चक्रवात मंगलबार बेलुका उत्तरी क्यारोलाइनाभन्दा करिब एक हजार किलोमिटर टाढा थियो ।

उक्त जानकारीमा फ्लोरेन्स चक्रवात करिब २८ किलोमिटर प्रति घण्टाको गतीमा उत्तर–पश्चिमतर्फ बढिरहेको र बुधबार थप बलियो भएको उल्लेख गरिएको छ ।

मौसमविदहरुले उक्त भूमरी पछिल्लो तीन दशककै सबैभन्दा ठूलो हुने अनुमान लगाउँदै उपयुक्त सुरक्षा अपनाउन चेतावनीदिएका छन् । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ‘फ्लोरेन्स चक्रवात’ नामक उक्त सामुद्रिक आँधी प्रति घण्टा ११० किमी गतीको तिब्र वेगमा चलिरहेको छ ।

अमरिका मौसम विभागका अनुसार अटलान्टिकको तातो पानीका कारण यो चक्रवात अझै शक्तिशाली हुँदै जाने बताइएको छ । अधिकारीहरुले अबको ३६ घण्टा चक्रवातका साथै पानीको स्तरमा पनि वृद्धि हुने भन्दै प्रभावित क्षेत्रबाट तत्काल हट्न र सो क्षेत्रमा नजान निर्देशन दिएको छ ।

उक्त चक्रवातको अवस्था हेरेर भर्जिनिया, मेरिल्याण्ड, विसिङ्टन, उत्तर र दक्षिण क्यारोलाइनमा संकटकाल घोषणा गरिएको छ । उत्तर क्यारोलाइनका गभर्नर रोय कुपरले तत्काल तटीय इलाका छोड्न निर्देशन दिएका छन् ।
गभर्नर रोय कुपरकाले उक्त चक्रवातलाई विशाल राक्षसको संज्ञा दिंदै ऐतिहासिक र भयावह रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो चक्रवातका कारण शुक्रबार मिसिसिपीमा हुने र्याली रद्द गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर र दक्षिण क्यारोलाइनाका लागि ‘संकटकालको घोषणा’ मा हस्ताक्षर गरेका छन् । साथै, चक्रवातलाई सामना गर्नका लागि संघीय कोषको मद्दत प्रदान गरेका छन् ।

मंगलबार बेलुका डोनल्ड ट्रम्पले भने, ‘सरकारले फ्लोरेन्स चक्रवातसँग लड्न कुनै कसर छोडेको छैन ।’

Advertisement

Advertisement

Advertisement