नाडा अटो शोमा जगदम्बा मोटर्सले गर्यो टिभिएसको ‘एनटर्क १२५’ स्कुटर सार्वजनिक

Advertisement

काठमाडौं । टीभीएस टू ह्वीलरको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर सार्वजनिक गरेको हो ।

युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको सुरुवाती मूल्य दुई लाख २४ हजार नौ सय तोकिएको छ ।

टिभिएस एनर्टक १२५ले टिभिएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्नेछ । बिगत चार बर्षदेखि लगातार द रेसिङ च्याम्पियनशिप जितेर टिभिएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ । टिभिएस एनर्टक १२५मा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६ दशमलव ७९ सीसीको सिगंल सिलिन्डर, ४ स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ । यसले सात हजार पाँच सय आरपीएममा ९ दशमलव ४० पिएस र पाँच हजार पाँच सय आरपीएममा १० दशमलव ५० एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनमा प्रयोग भएको अतिरित्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उकृष्ट एक्सेलेरेशनका साथ ९५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छ ।
यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रंट डिस्क ब्रेक दिइएको छ । यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएतापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो रहेको छ ।
१ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न पाँच रङमा उपलब्ध छन् । यो स्कुटरमा रहेको डिस्क ब्रेकले सुरक्षित यात्राको लागि निकै सहयोग पुर्याने छ ।
टभीएसको लाइनअपमा निम्न दुईपाङ्ग्रे सवारीसाधनहरु नेपाली बजारमा उपलब्ध रहेका छन् ।
१. टीभीएस अपाची आरटीआर १६०– २भी, आरटीआर १६०– ४भी, आरटीआर १८० र आरटीआर २००
२. टीभीएस स्टाइकर
३. टीभीएस स्टार सिटी प्लस
४. टीभीएस भिक्टर
५. टीभीएस विगो
६. टीभीएस जुपीटर वेस, जेडएक्स र क्लासिक
७. टीभीएस डेज
८. टीभीएस जेष्ठ ११०
९.टीभीएस एक्सएल १००
१०. टीभीएस एक्सएल १०० हेबि डिउटी

साथै कम्पनीले २०० सीसी इन्जिन क्षमताको थ्रि ह्वीलर टीभीएस किङ पेट्रोल भेरिएन्टको समेत बिक्री वितरण गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement