हिमालय फाइनान्सको कर्जा असुली व्यवस्थापक नियुक्त

himalayan-finance

काठमाडौं । हिमालय फाइनान्स लिमिटेड लिक्विडेटरको कार्यालय र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच हिमालय फाइनान्सका कर्जा असुलीका लागि सम्झौता भएको छ । सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले उक्त वित्तिय संस्थाको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भई कर्जाको असुली तथा व्यवस्थापनको कार्य गर्नेछ।

पुनरावेदन अदालतको निर्णयअनुसार हिमालय फाइनान्सको खारेजीका लागि लिक्वडेटरको नियुक्ती भई खारेजी प्रक्रियामा रहेको छ भने नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स वित्तिय बजारमा बैंक तथा वित्तिय संस्थाको कर्जा असुली तथा व्यवस्थापनको लागि विशेषज्ञ सेवा प्रदान गर्ने कम्पनी हो ।

यस सम्झौताले बैंकिङ तथा वित्तिय क्षेत्रलाई नयाँ विशेषज्ञता सेवा उपयोग गर्न प्रोत्साहन गर्दै साविकको पारम्परिक कामलाई मध्यस्थकर्तामार्फत गराउने नौलो कार्यलाई बढ्वा दिने विश्वास गरिएको छ ।

साथै यस किसिमको कार्यले बैंक तथा वित्तिय संस्था आफ्नो मौलिक कार्यमा केन्द्रित हुँदै नयाँ नयाँ नविनतम बैकिङ क्रियाकलापमा लाग्न सहज हुने अपेक्षा गरिएको हिमालयन फाइनान्सको लिक्विडेटरको भनाई छ ।