नेपाली बजारमा भित्रियो भीभोको भी ११ प्रो, उत्कृष्ट फोटो शटर, नविन डिजाइन

Advertisement

काठमाडौं । भीभो मोवाइलले अल न्यू भी ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभोको भी ११ प्रोमा सफल मूख्य डिजाइनका साथमा न्यू हालो फूलभ्यू डिस्प्ले राखिएको छ ।

यो फोन कभ्र्ड थ्रीडी बडिका साथमा एउटा सहज र इमर्सिभ प्रयोगकर्ताहरुका लागि अनुभव प्रदान गर्ने जनाउँदै भीभोले जून स्टेरी नाइट र नेबुला फ्यूजन कलर अप्सनमा आउने जनाएको छ । भी ११ प्रो भी सिरिजको पहिलो स्मार्टफोन हो । यसमा इनडिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ प्रविधिको प्रयोग गरिएको छ ।

जस प्रविधिले भीभोको बायोमेट्रिक सेक्यूरिटीको नेतृत्वदायी क्षमतालाई निरन्तरता दिएको जनाउँदै भीभोले यसका साथमा स्लीक र स्ट्यालिस डिजाइनलाई पनि उत्तिकै महत्व दिएको जनाएको छ ।

भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्गदाले भने, ‘हाम्रो प्राथमिकतामा उपभोक्ताहरुको मस्तिष्कमा आविश्कारिक अनुभव प्रदान गर्नमा केन्द्रित रहँदै आएको छ । हाम्रा प्रयोगकर्ताहरुका लागि अधिक सहज र व्यक्तिगत मोबाइल अनुभव सिर्जना गर्नका लागि हामीले एआई पावरयुक्त भी ११ प्रो स्मार्टफोन सार्वजनिक गरेका छौं ।’

भीभो भी ११ प्रोले भीभोको पर्फेक्टशटको खोजलाई निरन्तरता दिएको जनाइएको छ । उत्कृष्ट फोटोग्राफीका लागि भी ११ प्रोमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्यूल मुख्य क्यामराका साथसाथै ठूलो एफ १.८ एपार्चर र १.२८ पिक्सेल रहेको छ । सेल्फीका लागि स्मार्टफोनमा २५ मेगापिक्सेलको फ्रन्टक्यामरा रहेको, जसले उत्कृष्ट सेल्फीफोटो खिच्ने क्षमता राख्ने जनाइएको छ ।

१२ मेगापिक्सेलको मुख्य क्यामराले ड्यूलपिक्सेल सेन्सरहरुलाई उच्चप्रकाश संवेदनका लागि दुई करोड ४० लाख फोटो सेन्सेटिभ यूनिटमा परिवर्तन गर्न सक्नुका साथै केबल ०.०३ सेकेण्डमा नै फोकसलाई लक गर्नसक्ने डिएसएलआर गुणस्तरको ड्यूल–पिक्सेल अटोफोकोस प्रविधि प्रयोग गरिएको छ ।

फोटोग्राफीबाहेक भी ११ प्रोले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोबाइल अनुभव प्रदान गर्ने जनाइएको छ जसको लागि भीभोको एआई असिस्ट्यान्टजोभीको प्रयोग गरिएको छ । यसका लागि जोभी स्मार्ट सीन, गूगल लेन्स, र गूगल असिस्ट्यान्ट जस्ता फीचरहरु उपलब्ध छन् । यी अनुपम एआई फिचरहरुका लागि भीभो भी ११ प्रोमा उच्च क्षमता भएको स्न्याप ड्रागन ६६० एआईई प्रोसेसर प्रयोग गरिएको छ भने फोनकोे कार्यक्षमतालाई उत्कृष्ट र सहज बनाउन ६ जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ ।

एन्ड्रोयड ८.१ मा आधारित भीभोको आफ्नै फनटचओएस ४.५ (अपरेटिंग सिस्टम) र भीभोको जोभीएआई इन्जिनले सीपीयू र मेमोरी रिसोर्सलाई पहिचानगर्न सँगसँगै कार्य गर्दछ ।जसले फोनमा एकैपटककयौं कठिनकार्यहरुका साथै मल्टिपलएप्स प्रयोग गर्न सहजता प्रदान गर्ने जनाइएको छ ।

भीभो भी११ प्रोमा १९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सुपर एमोलेड हालो फूलभ्यू डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रीन–टू–बडि रेसियो रहेको छ । निकै पातलो र हलुका रहेको यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाई मात्र छ भने यसमा साड बेजेल्स पनि छ । यसका साथै थ्रीडीकभ्र्ड बडिडिजाइनले फोनको घुमाउरोपनालाई सशक्त बनाएर डिस्प्लेको उत्कृष्टतालाई देखाउन सफल भएको भीभोको भनाई छ ।

नेपाली बजारमा भीभो भी ११ प्रोको बजार मूल्य ४९ हजार ४९० रुपियाँ तोकिएको छ भने भी ११ को मूल्य ३९ हजार ९९० रुपियाँ तोकिएको छ । यी फोनहरु बजारमा आउँदो असोज ४ गतेदेखि उपलब्ध हुने भीभो मोबाइल नेपाल प्रालीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement