विवादास्पद एसपी विष्ट, उनका छोरा, मेयर सुरेन्द्र विष्टका भतिजाको डिएनए परीक्षण सुरु

Advertisement

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी रहेको अनुमान गरिएका एसपी डिल्ली विष्ट र उनका छोराको डिएनए परीक्षण सुरु भएको छ । उक्त घटनाको अनुसन्धान नगरी घटना ढाकछोप गर्न लागेको ओरोप खेप्दै आएका तत्कालिन एसी विष्टसहित तीन जनाको डीएनए परीक्षण सुरु गरिएको हो ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घट्नामा दोषी देखाउने प्रयास गरिएकाहरु सबै निर्दोष भेटिएपछि उनीहरुमा केन्द्रीत भएको हो । एसपी विष्टसहित मेयर सुरेन्द्र विष्टसमेतको मिलेमतोमा निर्मलाका हत्याराहरुलाई जोगाउने र निदोर्ष मानिसलाई दोषी देखाउने प्रयास भएको भन्दै स्थानीयले आन्दोलन चर्कापछि यो मुद्दा राष्ट्रिय बन्न पुगेको हो ।

अनुसन्धानको क्रममा विष्टको डिएनए परीक्षणको लागि पठाइएको प्रहरी प्रवक्ता शैलेस थापाले बताए। एसपी बिष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष बिष्टको रगत पनि डिएनए परीक्षणको लागि पठाइएको छ। तीन जना शंकास्पद देखिएकाले रगत परीक्षणका लागि डिएनए परीक्षण पठाइएको हो। निर्मला आफन्त र स्थानीयले एसपी र डिएसपीको डिएनए परीक्षण माग गरेका थिए ।

Advertisement

Advertisement

Advertisement