कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा, दोषी पत्ता लाग्ने गृहमन्त्रीको दाबी

Advertisement

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा पुगेको बताएका छन् । शुक्रबार बसेका राष्ट्रिय सभा बैठकमा निर्मला पन्त बलात्कारपछि भएको हत्याको छानविनबारे जानकारी गराउँदै उनले सरकार अनुसन्धानमा गम्भीर भएको जिकिर गरे ।

उनले अपराधी जो सुकै भएपनि पक्राउ गरी छाड्ने प्रतिवद्धता पनि व्याक्त गरेका थिए । सरकारले उच्चस्तरीय छानविन समितिसहित प्रहरीको तर्फबाट अन्य टोलीहरु परिचालन गरेकाले छिट्टै दोषी पत्ता लाग्ने दाबी गरे ।

कञ्चनपुर घटना छानविन उच्चस्तरीय समिति सदस्य वीरेन्द्र केसीले आफ्नो ज्यान जोखिममा परेको जानकारी आफूलार्इ गराएपछि सरकारले सुरक्षाको पत्याभूत गरेको र त्यसपछि उनी समितिको जिम्मेवारीमा फर्किएको उनले बताए ।

केसीलाई धम्की दिनेको पनि खोजी भइरहेको जानकारी उनले संसदलाई गराए। रोल्पामा तरुण दलका नेताको हत्या भएको विषयमा उठेका प्रस्नको सन्दर्भमा जानकारी दिँदै उनले अपराधी वा पीडितको राजनीतिक पृष्ठभूमि अपराधको अनुसन्धानमा सान्दर्भिक नहुने भन्दै सो विषयमा पनि अनुसन्धान जारी रहेको थापाको भनाई थियो।

उपप्रधानमन्त्री उपेन्द्रयादबलाई कालो झण्डा देखाउने राममनोहर यादवलगायतले विखण्डनकारी नारा लगाएकाले प्रहरीले गिरफ्तार गरेको जानकारी उनले गराए। थापाका अनुसार हिरासतमा उनको मृत्यु रोगका कारण भएको र अन्य कुनै कारण नभएको बताए।

Advertisement

Advertisement

Advertisement