ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा गोरखा बजार र गैंडाकोटमा

global-IME

काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखा बजारस्थित गोरखा शाखा र एटिएम सञ्चालनमा ल्याएको छ । बिहीबार जिल्ला समन्वय समितिका सभापति अशोक गुरुङ र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा गोरखा शाखाको उद्घाटन गरेका हुन् ।

बैंकको गोरखा शाखामा सञ्चालनमा ल्याएको उक्त एटिएमको उद्घाटन गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरेकी हुन् ।

त्यसैगरी बैंकले बिहीबार नवलपरासीमा आफ्नो एक सय ३२ औं शाखा र एक सय ३७ औं एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको गैंडाकोटमा उक्त शाखा र एटिएम सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल मुलुकभर एक सय ३२ वटा शाखा कार्यालयहरु, एक सय ३७ एटिएम, पाँच वटा एक्स्टेन्सन काउन्टर तथा तीन विदेशी प्रतिनिध सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ साथै अष्ट्रेलिया, बेलायत र भारतका प्रतिनिध सम्पर्क कार्यालयहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।