ओली भन्छन्— सरकार तीव्र गतिमा आर्थिक विकासलाई ड्राइभ गर्न खोज्दैछ

kp_oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विगतमा विभिन्न काराणले बन्द भएका उद्योगहरु पुनः सञ्चालन र नयाँ उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन् । तीव्र आर्थिक विकास सरकारको लक्ष्य भएकोले त्यसका लागि ठूलो मात्रामा आन्तरिक तथा बाहिय लगनी अवश्यक भएको उनले बताए ।

काठमाडौंमा भएको आर्थिक विकास सम्बन्धी एक बहस कार्यक्रम उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले भने,‘सरकार तीव्र गतिमा आर्थिक विकासलाई ड्राइभ गर्न खोज्दैछ ।’ ‘जसका लागि ठूलो मात्रामा लगानी आवश्यक हन्छ।’ अहिले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई राम्रो मुनाफा कमाउने अवसर भएको पनि उनले बताए ।

औद्योगिक क्षेत्रमा बिनाहिचकिटाहट लगानि गर्नका लागि समेत उनले आव्हान गरेका छन् । लगानिका लागि एकद्धार प्रणालीबाटै आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘वान डोर सिस्टमबाट नै लागनि गर्नुपर्ने हुन्छ’, लगानी सुरक्षित हुँदैन कि भन्ने सोच्नुपर्दैन ।’

प्रधानमन्त्री ओलीले भारत र चीन दुबैदेशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चहना पूरा गर्न खोजेको समेत बताएका छन् । उनले रक्सोल काठमाडौं रेलबारे प्रोटोकलमा केही दिनमा सहमति हुनेसमेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले आर्थिक विकास मात्रै सरकारको मूख्य लक्ष्य नभएको भन्दै उनले सुखी नेपालीको चाहना अनुसार काम भइरहेको बताए । ‘समृद्ध नेपाल खुसी नेपाली सरकारको लक्ष्य हो । विकासले मात्रै मान्छे खुसी हुँदैन,’ प्रधानमन्त्री ओली भने, ‘सुरक्षा चाहिन्छ । स्वतन्त्रता चाहिन्छ । त्यस अनुरुपको अधिकार प्रत्योजना गर्न सरकार प्रयासरत छ ।’

संविधान जारी भएको तीन वर्षभित्र मौलिक हक कार्यान्वयनमा आइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको भन्दै उनले त्यसकार्यमा सरकार क्रियाशील रहेको बताए । मौलिक हकसँग सम्बन्धित विधेयकहरुमाथि छलफल भइरहेको भन्दै उनले र केहि दिनमै संसदबाट पारित हुनेगरि गृहकार्य अगाडि बढेको जानकारी दिए ।