अन्ततः पछि हट्यो उद्योग मन्त्रालय, निम्बसमा लगाइएको ताला खोलियो

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले विगत एक महिनादेखि शिलबन्दि गरेको निम्बस को ताला खोलेको छ । उद्योगले बिहीबार विहान मन्त्रालय विरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन फिर्ता लिएपछि मन्त्रालयले ताला खोलेको हो ।

उद्योगबाट संकलित नमुनाको नतिजा नआएकोले लामो समयसम्म उद्योग बन्द गर्दा बजारीकरण, उपभोग्य वस्तुको अभाव र श्रमिक वर्गामा पर्ने असरलाई मध्यनजर गर्दै मन्त्रालयले उद्योगमा लगाइएको शिल खोल्न वाणिज्य कार्यालय पर्सालाई निर्देशन दिएपछि शिल खोलिएको निम्बसले जनाएको छ ।

वाणिज्य मन्त्रालय स्रोतका अनुसार मन्त्री यादबले बुधबार अपराह्न चार बजे आफ्ना सचिवालयमार्फत निम्बसका उच्च तहलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । स्रोतका अनुसार उक्त छलफलमा वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौजन पनि सहभागी थिए ।

छलफलमा मन्त्री यादबले सर्वोच्चको रिट फिर्ता लिन उद्योगीलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । रिट फिर्तासँगै मन्त्रालयले एक महिनादेखि शिल गरिएको निम्बसको ताला पनि खोलेको छ ।

Advertisement

Advertisement

Advertisement