टीकापुरको बाल्चौरमा यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु, चार घाइते

Advertisement

टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिकास्थित बल्चौरमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परेको छ । चिसापानीबाट लम्कीतर्फ जाँदैगरेको से १ ख ११८८ नम्बरको यात्रुबाहक बस बल्चौरमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहका अनुसार दुर्घटनामा छ जना घाइते भएका थिए भने दुईजना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भइसकेको उनले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा धनगढी त्रिनगरका ३८ वर्षीय प्रसंग तामाङ र वादी शिविरका १२ वर्षीय अनिल वादी रहेको डीएसपी सिंहले जानकारी दिए । मृतक दुवैजनाको शव टीकापुर अस्पतालमा राखिएको छ भने अन्य चार जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement