रोल्पा पुगेर उर्जामन्त्रीले दुखेसो पोखे– संघीयता असफल पार्न आटे

Advertisement

रोल्पा । उर्जामन्त्री बर्षमान पुनले संघीयता असफल पार्न आटिएको भन्दै दुखेसो पोखेका छन् । जिल्ला समन्वय समिति रोल्पाको कार्यक्रममा संघीयता असफल पार्न विभिन्न समूह लागेको बताए ।

संघीयतालाई असफल पार्नका लागि विभिन्न समूहले संघीयताप्रति भ्रम फैलाएको पुनको भनाई थियो । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिन मुलुकभरबाट सरकारलाई दबाब बढेको बेला उनको यस्तो दुखेसो आएको हो ।

मन्त्री पुनले राज्यले गास, बास र कपासको व्यवस्था गर्न कुनै कसर नराख्ने पनि दावी गरे । उनले जनताबाट कर मात्रै लिने, तर विकास नगर्ने हो भने राज्यप्रति नकरात्मक धारणा बन्ने भएकाले त्यसमा ध्यान दिन जनप्रतिनिधिहरुलाई सल्लाह दिए ।

Advertisement

Advertisement

Advertisement