निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणः डिएसपीसहित पाँच प्रहरीलाई गरियो निलम्बन

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना प्रहरी अधिकृतहरु निलम्बनमा परेका छन् । अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहमन्त्रालयले उनीलाई निलम्बन गरेको हो ।

गृहमन्त्रालयले प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो ।

गृहमन्त्रालयले बालिका हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई निलम्बन गरेको हो ।

समितिले गृहमन्त्री रामबहादुर थापालाई शनिबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदनले बालिका हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक गर्न नसकेका सुरक्षाकर्मीलाई अनुसन्धानको दायरमा ल्याउन सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरी अधिकारीलाई निलम्बन गरेको हो । प्रतिवेदनको पूर्ण विवरण आइसकेको छैन् ।

home-ministry

Advertisement

Advertisement

Advertisement