मानव विकास सुचकांकमा झन तल झर्यो नेपाल

Advertisement

काठमाडौं । अन्य मुलुकहरुको गतिअनुसार विकास हुन नसक्दा मानव विकास सूचकांकमा नेपाल एक स्थानले तल झरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक एक सय ४९ औं स्थानमा छ ।

एक सय ८९ मुलुकमध्ये सन् २०१६ मा एक सय ४८ स्थानमा थियो । मानव विकास सूचकांक शुन्य दशमलब ५७४ छ । सन् २०१६ मा नेपालको मानव विकास सूचकांक शुन्य दशमलब ५६९ रहेको थियो । यो आधारमा नेपालले मानव विकास सूचकांकमा प्रगति भएको देखिन्छ।

तर, अन्य मुलुकको प्रगति नेपालको भन्दा राम्रो भएकाले स्थान भने तल झरेको छ । यूएनडीपीले मुख्य गरी औसत आयु, शैक्षिकस्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरुका आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको छ ।
आजको कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement