पत्नीको याद आएपछि यात्रुले गराए प्लेनको इमर्जेन्सी ल्यान्डिङ

Advertisement

एजेन्सी । प्रेममा मानिसहरू जे गर्न पनि तयार हुन्छन् । यस्तै पाकिस्तानका एक व्यक्तीले पत्नीप्रेममा अचम्मको काम गरेका छन्। इरफान अली नामक व्यक्तिको भर्खरै बिहे भएको थियो । बिहेपछि पत्नीलाई सँगै नलिई उनी काम गर्न साउदी अरब जाँदै थिए।

खासमा इरफानका परिवार सदस्यले उसलाई जबर्जस्ती साउदी अरब पठाएका थिए। लाहोरबाट शाहीन एयरलाइन्सको फ्लाइटमा बसेको इरफानलाई प्लेन उडेको केही समयपछि पत्नीको बेस्सरी याद आयो। अनि उनको यादमा तड्पिएर ऊ प्लेनमै बेस्सरी रुनकराउन थाल्यो । श्रीमती छोडेर कहीँ पनि जान्नँ भनेर ऊ त चिच्याउन थाल्यो। त्यसपछि उसले रोइकराइ गरेर प्लेनलाई लाहोर फर्काउन लगायो। आफ्नी पत्नी मरेकीले जसरी भएपनि प्लेन फर्काउनुपर्ने बताउँदै हंगामा मच्चायो । विमान कर्मचारी तथा अन्य यात्रुले सम्झाउनका लागि अनेकौं प्रयत्न गरेपनि उसले वास्तै गरेन।

हार मानेर प्लेन लाहोर फर्कियो। प्लेनबाट निस्केपछि भने उसले सत्य बतायो र पत्नीसँग टाढा हुनु नपरोस् भनेर आफूले नाटक गरेको खुलासा ग–यो । पत्नीप्रतिको उसको गाढा प्रेम देखेर कर्मचारीहरूले उसमाथि कानूनी कारवाही गरेनन् ।

Advertisement

Advertisement

Advertisement