रसुवागढी जलविद्युतको सुरुङमार्गमा गएको पहिरोले दुई मजदुरको मृत्यु

Advertisement

काठमाडौं । निर्माणाधिन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सुरुङको प्रवेशमार्गमा पहिरोमा परी दई मजदुरको मृत्यु भएको छ । आयोजनाको सुरुङभित्र जानेक्रममा मजदुरहरु चढेको ट्रिपरमा माथिबाट खसेको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुमको भूमे घर भएका ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपरको हेटौंडाका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका रुकुमका जगदीश रोक्का, रुकुमकै टेकमान बुढा र एक चिनियाँ नागरिकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Advertisement

Advertisement

Advertisement