आगामी दशैंदेखि कालिञ्चोक केवलकार सञ्चालनमा आउने

Advertisement



काठमाडौं । दोलखामा निर्माणाधिन केवलकार ‘कालिञ्चोक केवलकार’ दशैंको घटस्थापनादेखि सञ्चालनमा आउने भएको छ । निर्माणको करिब ९५ प्रतिशत काम सकिएको र आगामी दशैंदेखि सञ्चालनमा ल्याइने आयोजनाको सञ्चालक वालकृष्ण शिवाकोटीले बताए ।

आयोजनाको कुल अनुमानीत लागत ३५ करोड रुपियाँ भएपनि विभिन्न समस्याका कारण १० करोड रुपियाँले बढेर कुल ४५ करोड रुपियाँ पुगेको छ । निर्माण सामाग्रीको बढ्दो मुल्य तथा वर्षायामका कारण काम हुन नसकेपछि लागत बढेको सञ्चालक शिवाकोटीले बताए ।

दोलखामा निर्माणाधिन केवलकार आउँदो दशैंदेखि सञ्चालनमा आउने भएपनी टिकट मुल्य भने निर्धारण भइनसकेको शिवाकोटीले बताए । उनका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफलगरी टिकट मुल्य निर्धारणा गरिने छ । उक्त केवलकार सञ्चालनमा आएपछि पैदल यात्रामा दुई घण्टा लागे बाटो चार मिनेटमा पुग्न सकिने कम्पनीले उनले बताए ।

समुन्द्री सतहदेखि करिब तीन हजार आठ सय मिटर उचाइमा कालिञ्चोक दर्शन कम्पनीले निर्माण गरिरहेको उक्त केवलकारमा चार वटा गुण्डोला रहने छ । उक्त चार वटा गुण्डोलामार्फत दैनिक दुई हजारदेखि २५ हजारसम्म यात्रु ओसारपसार गर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement