टेलिकमको इन्ट्रानेट लिज सेवा सस्तियोे, प्रमोसनल अफर र संविधान दिवस अफर जारी

Advertisement

काठमाडौं । नेपाल टेलिकमले २०७५ असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।

कर्पोरेट ग्राहकहरुलाई प्रदान गरेको इन्ट्रानेट लिज सेवालाई बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएका टेलिकमले जनाएको छ । कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् ।

पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने कम्पनीले जनाएको छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुने र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुने कम्पनीले जानकारी दिएको छ ।

यस अनुसार ५१२ केबीपीएसको महसुल दर प्रति महिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लिखित दरमा थप कर लाग्ने छ

त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गते सम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रिुैयाँमा उपलब्ध गराउने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपियाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

त्यसैगरी भोल्युम बेस्ड प्याकेज अन्तर्गत १५ दिनका लागि ५ सय रुपियाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपियाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपियाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपियाँमा १७५ जीबी भोल्युम उपलब्धह हुने छ ।

एक बर्षका लागि १२ हजार रुपियाँमा ५०० जीबी र २० हजार रुपियाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपियाँमा २३०० जीबी प्याकेज उपलब्ध हुने छ ।
वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगल सहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराउने कम्पनीले जनाएको छ । जस अनुसार १ बर्षका लागि ६ हजार रुपियाँमा २५० जीबी भोल्युम उपलब्ध हुने छ । यस अन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइने कम्पनीले जानकारी गराएको छ । यसैगरी संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक २०७५’ अफर ल्याएको छ ।

असोज १ देखि १५ गते सम्म कर सहित रु. १८।– मा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरे पश्चात ७० मिनेट सम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिने छ ।

Advertisement

Advertisement

Advertisement