चलचित्र ‘रामकहानी’ ले एक हप्तामा दुई करोड ७० लाख कलेक्सन गर्यो

Advertisement

काठमाडौँ । ‘रामकहानी’ वर्षको दोस्रो हिट फिल्ममा आफ्नो नाम लेखाउने तरखरमा छ ।

सुदर्शन थापा निर्देशित यो फिल्मको सुरुवाति व्यापार कमजोर रहेको थियो । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘रोज’ले पनि ठूलो असर गर्यो । तर, बलियो ुवर्ड अफ माउथु ले विस्तारै फिल्मको कलेक्सन उकालो लाग्दै गएको छ ।

प्रदर्शनको ६ दिनमा कुल २ करोड ४८ लाखको कलेक्सन गरेको फिल्मले बिहीवार देशभर २२ लाख कमाएको छ । एक हप्तामा फिल्मले बक्सअफिसमा २ करोड ७० लाख कमाउन सफल भएको छ ।

सुरुको दिन फिल्मले देशभर ८० लाखको कलेक्सन गरेको थियो । फिल्मले कमाईमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘रोज’लाई निकै पछाडि छाडेको छ । रिलिज अगाडि ‘रामकहानी’ लाई उक्त फिल्मसँग भिड्नु फलामको चिउरा चपाउनु सरह भनिएको थियो । तर, नतिजा अनुमान विपरित आयो ।

फिल्मले देशभर सुखद कलेक्सन गरिरहेको अवस्थामा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत अहिले मोफसलका विभिन्न सहर पुगेर दर्शक भेट्न व्यस्त छन् । उनीहरुले हल(हलमा पुगेर दर्शकसँग सेल्फी खिच्दै फिल्म रुचाइदिएकोमा धन्यवाद दिएका छन् ।

माया (पूजा) र राम (आकाश)को प्रेमकथा वाचन गरेको ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रबिन्द्र झा, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । पूजा र निर्देशक थापाले संयूक्त रुपमा फिल्म निर्माण गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement