एनबीआई र एनएमबी बैंकबीच तालिम सञ्चालन सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) र एनएमबि बैंकबीच बिहीबार तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । एनएमबि बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपियाँ बराबरको वार्षिक तालिम संचालन गराउने सम्झौतामा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement