सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना सार्वजनिक

Advertisement

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले नजिकिँदै गरेको चाड दशैं र तिहरलाई लक्षित गर्दै ९० दिनसम्मका लागि ‘लखपति एक्स्प्रेस’ उपहार योजना ल्याएको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक दुई सय रुपियाँको मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले दश हजार रुपियाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एक लाख रुपियाँ उपहार प्रदान गर्ने भएको छ । उपहार योजनाको अन्त्य मा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपियाँ जत्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ अफर असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने छ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुने कम्पनीले जनाएको छ ।

यस उपहारको विजेता छनोट विद्युतीय प्रणालीबाट गरिने छ । यो योजना मार्फत जम्मा एक हजार एक सय २० जना उपभोक्ताहरु विजेता हुने कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना कर्मचारी हरुलाई भने यो योजनामा समावेश नगराउने भएको छ ।

Advertisement

Advertisement

Advertisement