निर्मला हत्या प्रकरण छानविन गर्न डीआईजी धीरु बस्न्यातको नेतृत्वमा बनाइयो शक्तिशाली समिति

Advertisement

काठमाडौं । प्रहरी मुख्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानविन गर्न एसएसपी नेतृत्वको समितिलाई विस्तार गरी डिआइजी नेतृत्वमा सम्पूर्ण अधिकारीसहितको शक्तिशाली छानविन समिति बनाएको छ ।

यसअघि गठित समितिको संयोजकमा एसएसपी उत्तम सुवेदी रहेकोमा अहिले डिआईजी धीरु बस्न्यात नेतृत्व सुम्पिएको छ भने पाँच सदस्यीय छानविन समितिलाई नौ सदस्यीय बनाइएको छ । सुवेदी नेतृत्वको समितिमा एसएसपी नरेश शाही सदस्य थिए । पाँच सदस्यीयमा तीन जना निलम्बनमा परिसकेका छन् ।

सुवेदी नेतृत्वको समितिले प्रभावकारी ढंगले काम गर्न नसकिरहेको बेला यसलाई शक्तिशाली बनाइएको हो । निर्मला हत्या प्रकरणमा एक मात्रै नभएर थुप्रै सुरक्षा अधिकारीहरु तानिने भएपछि सरकार र नेपाल प्रहरीले बनाएका छानविन समितिले सत्यतथ्य बाहिर ल्याउन आँट गर्न सकिरहेका छैनन् ।

निर्मला हत्या प्रकरणमा जोडिएका बम दिदी बहिनीसँग दर्जनौ सुरक्षा अधिकारीहरुको लामो समयदेखि उठबस रहेको तथ्य फेला परेको र निर्मला हत्या प्रकरणको छानविनका क्रममा उनीहरु पनि तानिने भएपछि यसअघि दुईवटा समितिले सत्यतथ्य बाहिर ल्याउन सकिरहेका छैनन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले यो समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृतहरुलाई पनि सदस्य तोकिएको छ । निर्मलाको हत्या भएको करिव दुई महिना हुनलाग्दासमेत अपराधी सार्वजनिक गरेर कारवाही नगरिएपछि देशभर सरकारको आलोचना हुनुका साथै कारवाहीका लागि दबाब बढिरहेको छ ।

Advertisement

Advertisement

Advertisement