एनआइसी एसियाले ल्यायो, ‘चाडपर्व मनाऔं, एनआईसी एसिया रेमिटसँगै’ नारा

Advertisement

काठमाडौं । एनआइसी एसियाले ‘चाडपर्व मनाऔं, एनआइसी एसिया रेमिटसँगै’ भन्ने नारासहित एनआइसी एसिया बैंकले दशैं, तिहार र छठको उपलक्ष्यमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने योजना अघि सारेको छ ।

रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा, १४ एक्सटेन्सन काउन्टर, १८ शाखारहित बैंकिङ इकाई, छ हजार पाँचसय सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभरुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो सुविधा असोज, कात्तिक र मङ्सिरसम्म लागिरहने भन्दै एनआइसी एसियाले योे समयमा रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहजरुपबाट यस बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement