ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो हस्पिटलबीच उपचारमा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलबीच गत शुक्रबार उपचारमा छुट दिने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारलाई हस्पिटलले १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरुलाई बैकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजना ल्याइरहेको छ ।
हाल बैंकले एक सय ३२ वटा शाखा, एक सय ३७ वटा एटिएम, पाँच वटा एक्स्टेन्सन काउन्टर एक सय दुई वटा शाखारहित बैंकिङ तथा मुलुक बाहिर तीन सम्पर्क प्रतिनिधि कार्यालयहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement