माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे महोत्सव’असोज महिनाभरी चल्ने

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकिङ कारोबार शुरु गरेकोे १८ वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आश्विन महिना भरी आफ्नो सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको छ ।

१८औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने बताएको छ । साथै, यस महोत्सवलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड र इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५० प्रतिशत छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५० प्रतिशत छुट, र रिटेल कर्जा सेवा शुल्कमा शुन्य दशमलव १८ प्रतिशत छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

माच्छापुच्छ्रे बैंकले उक्त महोत्सव आश्विन महिना भरी जारी रहने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको यस बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा एटिएमबाट देशभरीका पाँच लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement