सिटिजन्स बैंकको ८०औं शाखा काठमाडौंको थानकोटमा

Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सोमबार काठमाडौंको थानकोटमा आफ्नो ८० औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पुजा पाठ गरी उदघाटन गरेका हुन् ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम, घर तथा सवारी कर्जालगायत अन्य विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले मुलुकभर ८० वटा शाखा कार्यालयहरु, ७३ वटा एटिएम तथा ९९ वटा शाखारहित बैंकिङ इकाईहरुमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । त्यस्तै बैंकले करिब तीन लाख ५० हजारभन्दा बढीको संख्यामा आफ्ना ग्राहकहरु रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement