मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता, हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बासडर

Advertisement

काठमाडों । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ यस्तो सम्झौता भएको हो ।

सोमबार आयोजित कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यसअघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

प्रिमियरका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भने, ‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहजरुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौं । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत सुनुवारले भने, ‘कुनै कारणले मोबाइल फुटेमा, आगो वापानीले मोबाइलमाभौतिकक्षतीपुगेर मोबाइलनचल्ने भएमावा हराएमावाचोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहितनयाँमोबाइल सेट उपलब्ध गराउँछ ।’

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सुरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राहीमाझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढीले डाउनलोड गरेको जनाइएको छ ।

सोहीकार्यक्रममा नायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । ब्राण्ड एम्बासडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आम मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए ।

मोबाइल फुट्ने, हराउने वा चोरी हुने जस्ता समस्या समाधानका लागि मेरो सुरक्षाको प्रोटेक्सन प्लानले दिने बीमा योजना उत्तम विकल्प हुने हमालको भनाई थियो । राजधानीका चार सय बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागी हुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैंपछि राजधानी बाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजना सुरु हुने जनाइएको छ ।

मोबाइलप्रोटेक्सनप्लानलिनकालागिप्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकमभुक्तानगर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइलकिनेर मेरो सुरक्षाएप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आइपेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिङ सेवाबाट भुक्तानी गर्न सकिन्छ । मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेहरुलाई एक लाख रुपियाँको निःशुल्क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement