मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

Advertisement

काठमाडौं । मेगा बैंकले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । त्रियुगा ५ का वडा अध्यक्ष उद्धव थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले संयुक्तरुपमा यस सेवाको शुभारम्भ गरे ।

त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौं रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो हुने बताए ।

स्थानीय स्वयंसेवी रामहरि पोख्रेलले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताए । शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपियाँसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताए ।

Advertisement

Advertisement

Advertisement