फेरि बढाइयो इन्धनको मूल्य, पेट्रोल पुग्यो प्रतिलिटर ११४ रुपियाँ

Advertisement

काठमाडौँः नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । सोमबार रातिदेखि लागु हुने गरि निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको हो ।

आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपियाँले वृद्धि गरेको हो ।

सोमबारदेखि गरिएको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४ रूपियाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १०१ रूपियाँ पुगेको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारको मूल्य वृद्धिपछि पनि पेट्रोलमा २.९२ र डिजलमा २ रूपियाँ प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ।

निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य वृद्धि नभएको जनाएको छ । मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ । मूल्य नबढाइए पनि एलपी ग्याँसमा प्रतिसिलिण्डर ३०९.७९ रुपियाँ घाटा रहेको गोइतले बताए । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउने गरेको छ ।

Advertisement

Advertisement

Advertisement