वल्र्डलिंकको दशैं अफर ‘इन्टरनेट फरर, विदेश सरर’

Advertisement

काठमाडौं । वल्र्डलिंक कम्युनिकोशन्सले नजिकिँदै गरेको दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै ‘इन्टरनेट फरर, विदेश सरर’ नामक योजना सार्वजनीक गरेको छ ।

यस योजना अन्तर्गत वल्र्डलिंकको इन्टरनेट जडान गर्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिङ्गापुर, दुबई, बाली र मलेसियालगायतका देशहरुका मुख्य–मुख्य शहरहरु भ्रमण गर्ने अवसर पाउनेछन् ।

त्यस्तै कम्पनीले यसको इन्टरनेट नयाँ जडान गर्दा वा नवीकरणमा एक वर्षको भुक्तानी गर्दा ४० प्रतिशतसम्मको भारी छुट पनि दिने भएको छ । यस सँगै नयाँ जडानको लागि कम्पनीले निःशुल्क सेट अप बक्स १२ महिनाको लागि नेटटिभी (आइपी टिभी) प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल यसको मुलुकभर दुई लाख ४० हजारभन्दा बढी प्रयोगकर्ता रहेको कम्पनीले दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement