अहिलेको सरकार देखेर जनता वाक्क दिक्क भइसकेः लेखक

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको बताए ।

लेखकले सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाउँदै भने, ‘संविधानले जनतालाई धेरै अधिकार दिएको छ । सरकारले यो पनि गर्छु । त्यो पनि गर्छु भन्ने र केही नगर्ने हो भने संविधानप्रति जनताको विश्वास घट्ने अवस्था सिर्जना हुन्छ । त्यसैले सरकार ज्यादात्तर सचेत हुन आवश्यक छ । श्रृङ्खलाबद्ध रुपमा बलात्कारका घट्नाहरु घटिरहेका छन्, यस्तो अवस्थामा सरकारले तदारुकता देखाउनुपर्ने हो । तर, सरकारले त्यसो गर्न सकेको छैन् ।’

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको करिब दुई महिना बितिसक्दा पनि सरकारले खास दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उक्त घट्नाका बारेमा सरकारलाई गम्भीर हुन आग्रह गरे ।

लेखकले भने, ‘सरकारले खास अपराधीलाई पत्ता लगाउन सक्दैन, निर्दोषलाई चरम यातना दिएर आधिकारिक दोषीलाई उन्मुक्ति दिन खोज्दैछ, जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा सरकारको हो, अपराधीलाई जोगाउने होईन, संविधानको कार्यान्वयन र सरकारले गरिरहेका कामको बारेमा के कति बाधा परेको छ र जनता कत्तिको सन्तुष्ट छन भन्ने कुरासमेत प्रष्ट पारेको छ ।’

Advertisement

Advertisement

Advertisement