बाफलमा सुजुकी जेन्युइन पार्ट्सको नयाँ आउटलेट

Advertisement

काठमाडौं । सुजुकी जेन्युइन पार्ट्सको आधिकारीक वितरक सीजी होल्डिङस अन्तर्गतको डिलर एभ मोटर्सले काठमाडौंको बाफलमा सन्तोषी आटोपार्ट्सको नाममा आफ्नो सर्टिफाइड रिटेल आउटलेट खोलेको छ ।

मंगलबार सीजी होल्डिङ्सका नायब महाप्रबन्धक श्यामबाहादुर श्रेष्ठले सो आउटलेटको उद्घाटन गरेका हुन् ।

आउटलेटको आरम्भ भएको उपलक्ष्यमा एक महिनासम्म पार्ट्समा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने उक्त आउटलेट (माँ सन्तोषी अटो पार्ट्स)का सञ्चालक राज सुवेदीले जनाकारी दिए ।

उक्त आउटलेट एभ मोटर्स अन्तरगतको दोस्रो आउटलेट हो । यस अघि एभ मोटर्सले आफ्नै आउटलेट सञ्चालन गर्दै आएको थियो । एभ मोटर्स सुजुकी जेन्युइन पार्ट्सको उपत्यकाका लागि आधिकारीक डिलर हो ।

Advertisement

Advertisement

Advertisement