पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए दशैं टिकट बुकिङ नखोल्ने व्यवसायीको चेतावनी

Advertisement

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता नलिए दशैँका लागि असोज ५ गतेबाट खोल्ने भनिएको बसको अग्रिम टिकट बुकिङ खुला नगर्ने व्यवसायीले चेतावनी दिएका छन् ।

नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ती जारी गर्दै ४८ घण्टाभित्र मूल्य वृद्धि फिर्ता नगरे बुकिङ खुलाउन नहुने जनाएको छ ।

यसअघि भदौ ३१ गते यातायात व्यवस्था विभाग र महासंघको बीचमा ४ गतेसम्म सबै तयारी सकेर ५ गतेबाट अग्रिम बुकिङ खुलाउने सहमती भएको थियो ।

सरकारले सोमबार राती १२ बजेदेखि लागुहुने गरि प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ३र३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। यसकै विरोधमा व्यवसायीले टिकट बुकिङ नखुलाउने जनाएका हुन् ।

सुरुमा व्यवयासीहरुले भाडा समायोजन, रोक्का भएको बैंक खाता खुलाउनेलगायतका शर्तहरु राखेका थिए। तर विभागले बैंक खाता खुला गर्न लागि सम्बन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिएपछि गर्ने भनेपछि व्यवसायीहरु बुकिङ खोल्न सहमत भएका थिए ।

यसैपनि यातायात व्यवसायीहरु विद्यमान भाडादरमा सेवा दिन सक्ने अवस्थामा थिएनन् त्यसमाथि आयल निगमले अझै डिजेलको मूल्य बढाएपछि अब दशैं भनेर सेवा दिन नसक्ने अवस्थामा पुगेको एक व्यवसायीले बताए ।

Advertisement

Advertisement

Advertisement