सुनतस्करी प्रकरणमा पक्राउ परेका एसपी विकासराज खनाललाई साधारण तारेखा छोड्न आदेश

Advertisement

मोरङ । उच्चअदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै खनाललाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।

यसअघि उक्त उच्चअदालतले एसएसपी दिवस लोहनी र डिएसपी प्रजित केसीलाई पनि साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

Advertisement

Advertisement

Advertisement