कृषिप्रधान देश नेपालमा भारतबाट बर्षमा तीन लाख खसीबोका आयात हुन्छन्

Advertisement

काठमाडौं । विडम्बना नेपाल कृषिप्रधान देश भएपनि खसीबोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरीने गरेको छ । नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै गएको छ । नेपाली व्यवसायहरुले भारतबाट हप्तामा मात्र साढे आठ करोड मुल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् ।

नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन केन्द्र नहुँदा वर्षेनी अरबौं रुपियाँ बाहिरिने गरेको काठमाडौं चौपाया खरीद बिक्री प्राली अध्यक्ष जनक खड्काले बताए । उनका अनुसार नेपाली व्यापारीहरुले भारतबाट आइतबार र बिहीबार खसीबोका आयात गर्ने गरेको छन् । दसैंबाहेक हप्ताको दुई दिन मात्र २३ ट्रक आयात गर्ने गरेको खड्काले बताए ।

यस्तै एक ट्रकमा २५० खसीबोका हुने उनले बताए । भारतबाट नेपालमा २३ ट्रकका दरले नेपालमा वर्षमा दुई लाख ९९ हजार खसीबोका आयात हुने गर्दछन् । भारतबाट नेपाली बजारमा आइपुग्दा एउटा खसीको ज्याला ३ सय रुपियाँ पर्न जाने खड्काले बताए । उक्त खसीको हिसाब गर्दा वर्षमा चार अर्ब ९३ करोड ३५ लाख रुपियाँको खसी बोका आयात हुने गरेको छ ।

उक्त खसी बोका आयात गर्नलाई नेपाल व्यापारीहरुले वर्षमा करिब आठ करोड ९७ लाख ज्याला तिर्नुपर्ने देखिन्छ ।

आजको राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement