चोरले थुकेका कारण महिला पुलिस अफिसरको मृत्यु

Advertisement

एजेन्सी । युक्रेनको किभकी महिला पुलिस अफिसर एरीना काल्टसोवाले चोरको थुकका कारण आफ्नो अमुल्य ज्यान गुमाउनु परेको छ ।

जनवरी २०१७ मा एरिना गस्तीमा जाँदा एक व्यक्तिले गैरकानुनी काम गरिरहेको देखिन्। त्यसपछि उनले त्यो व्यक्तिलाई गिरफ्तार गरिन्। यही क्रममा त्यो व्यक्तिले एरिनाको मुखमा थुकिदियो। एरिनाले यो कुरालाई छिट्टै नै बिर्सिन् तर उनलाई के थाहा पछि यही कुरा उनको मृत्युको कारण बन्छ भनेर।

चोरले थुकेपछि एरिना बिरामी हुन थालिन्। एक दिन एरिना अचानक बेहोस भइन्। चेक गर्दा थाहा भयो उनलाई क्षयरोग भएको थियो। जुन व्यक्तिले उनको मुखमा थुकेको थियो त्यो व्यक्तिलाई क्षयरोग भएको थियो। एरिनाको रोग यतिसम्म नाजुक अवस्थामा पुगिसकेको थियो कि डाक्टरहरुले उनलाई बचाउन सकेनन्।

Advertisement

Advertisement

Advertisement