मानपदवी पाउनेहरुको सुचीमा व्यवसायीहरु पनि

Advertisement

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभुषित गर्ने क्रममा व्यवसायिक क्षेत्रबाट पनि केही नाम परेका छन् ।

जसमध्ये सुप्रवल जनसेवा श्री तृतीयबाट उद्यमीहरु राजेन्द्र मल्ल, हरिभक्त शर्मा, हेमराज ढकाल, देवि भट्टचन, मीनवहादुर गुरुङ र लोकमान्य गोल्छा प्रदान गरिने भएको छ भने राष्ट्रिय सहकारी संघका अध्यक्ष एव नेकपाका नेता केशव बडालको नाम पनि सोही पदक पाउनेमा छ ।

त्यस्तै, सरकारले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई प्रवल जनसेवा श्री चतुर्थ, चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीलाई पनि प्रवल जनसेवा श्री चतुर्थ प्रदान गरिने भएको छ ।

Advertisement

Advertisement

Advertisement