विश्व बैंकद्वारा ११ अर्ब रुपियाँको ऋण सहयोग, दीगो ऊर्जा प्रणलीका लागि खर्च हुने

Advertisement

काठमाडौं। विश्व बैंकले नेपालमा दीगो ऊर्जा प्रणाली विकासका लागि १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपियाँ) ऋण स्वीकृत गरेको छ। नेपालको ऊर्जा क्षेत्रको वित्तीय तथा सञ्चालन प्रणालीमा सुधारका लाग िबैंकले ऋण दिएको हो।

ुनेपाल इनर्जी सेक्टर डेभपलमेन्ट पोलिसी क्रेडिटअन्तर्गत प्राप्त हुने उक्त ऋण ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधारमा प्रयोग हुने जनाइएको छ ।

यसअन्तर्गत नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार, नियामकीय दायरा विस्तार गर्न, स्वायत्त निकायका रुपमा अघि बढाउन सहयोग गर्ने विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फरिस हडाड जर्भसले यो ऋण सुविधाले नेपालको ऊर्जा क्षेत्रको पुनर्संरचना गर्ने, बजारको सुधार, सुशासन तथा विद्युतसँग सम्बन्धित संस्थाका क्षमता सुधारमा खर्च हुने बताएका छन्।

विश्व बैंकले अहिले नेपालका २२ आयोजनामा साढे २ अर्ब अमेरिकी डलरभन्दा धेरै लगानी गरेको जनाएको छ।

Advertisement

Advertisement

Advertisement