मधेशका मुसहरहरुले वृक्षारोपण गरेर मनाए संविधान दिवस (फोटोफिचर)

Advertisement

महोत्तरी । बर्दिबासका मुसहरहरुले संविधान दिवसको अवसरमा आफ्नो गाउँमा वृक्षारोपण गरेका छन् । मधेसवादी दलहरुले तेस्रो संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै गर्दा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा १६ महिना अघि निर्माण भएको एकीकृत नमुना मुसहर बस्तीका वासिन्दाले एक सय वटा बिरुवा रोपे ।

चुरे क्षेत्रको संरक्षणमा काम गर्दै आएका बर्दिबासस्थित सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले उपलब्ध गराएको बोट विरुवाहरु मुसहर बस्तीबासीहरुले आफ्ना घर अगाडीको फुलबारीमा रोपेका हुन् । बस्तीमा वृक्षारोपण गर्न गाउँलेहरु मंगलबारदेखि नै खाल्टो खन्न जुटेका थिए ।

तराई मधेसको पर्यटकीय स्थलको रुपमा विकास भएको एकीकृत नमुना मुसहर बस्तीका सडकको दुवैतिर वृक्षारोपण गरिएको छ । वृक्षारोपणमा बस्तीका बालबालिकासमेत सक्रिय ढंगले लागेका थिए । बिरुवा रोप्ने कार्यक्रममा इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख विमल भट्टराईसहित स्थानीय गन्यमान्य सहभागी थिए ।



 

Advertisement

Advertisement

Advertisement