नेपाली रुपियाँ अहिलेसम्मकै कमजोर, प्रति डलरको मूल्य ११७ रुपियाँ नाघ्यो

Advertisement

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ ७५ पैसाले बढ्दा नेपाली रुपियाँ अहिलेसम्मकै कमजोर आस्थामा पुगेको छ । आज एक अमेरिकी डलरको भाउ ११७ रुपियाँ सत पैसा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय मुद्रा कमजोर हँदा नेपाली रुपियाँ पनि डलरसँग कमजोर भएको हो । भारुसँग नेपाली रुपियाँको विनिमय दर स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपिउाँमा परेको हो।

एजेन्सीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँनु र चनि अमेरिका व्यापार युद्ध चर्किदै जाँदा भारतीय विनिमय बजारमा डलरको माग बढ्न गइ भारतीय मुद्रा डलरसामु कमजोर भएको हो ।

डलर भाउ उक्लिँदा आयातित सबै बस्तु तथा सेवा महँगिनगइ मुद्रास्फिति बढने विश्लेषकहरु बताउँछन् । नेपाली मुद्राको अवमूल्यन हुँदा नेपाली वस्तुको निर्यात र रेमिटेन्स आम्दानीमा सकारात्मक प्रभाव परेपनि आयतमा निर्भर देश भएकाले नेपालका लागि लाभ भन्दा हानी बढि हुने जानकारहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement