दराजको पहिलो सेलर समिट नेपालमा, बजार अझै बिस्तार गरिने, नबिल बैंकले सहकार्य गर्ने

Advertisement

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनी अलीबाबाको समेत लगानी रहेको अन्तर्राष्ट्रिय ब्राण्ड दराजले नेपालमा पहिलो सेलर समिट गरेको छ । दराजका ६५० बढी बिक्रेताहरुको सहभागितामा सम्पन्न समिटले दराजमार्फत हुने व्यवसायमा नयाँ अवधारणा तथा अवसर प्रदान गरेको छ ।

साथै दराजले अपनाएको पछिल्लो प्रविधिमा सबै बिक्रेताहरुलाई अभ्यस्त हुने अवसर पनि समिटले प्रदान गरेको आयोजकको भनाई छ । सेलर समिटकै अवसरमा दराजले अहिलेको मोबाइल एपलाई परिष्कृत बनाउने जनाएको छ ।

यहि सेप्टेम्बर २९ देखि आउने नयाँ एपमार्फत दराजले बिक्रेताहरुलाई आधुनिक शैलीमा व्यवसायमा आबद्ध गराउन लागेको हो । बिक्रेताका साथै सेवाग्राहीलाई अझै सजिलो गरी समान किनबेच गराउने उसको भनाई छ ।

दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले आफ्ना बिक्रेताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्नका लागि नयाँ रणनिति अख्तियार गरिने बताए । यसका लागि दराजको आधुनिक प्रणालीमा आबद्ध गराउँदै तीन तहको नयाँ अवधारणाले बिक्रेताको क्षमता बढाउँदै सेवाग्राहीले उत्कृष्ट सेवा पाउने उनको भनाई छ ।

पहिलो तहमा बिक्रेतहरुलाई वस्तु तथा सेवा बिक्री गर्न दराजले विशेष रणनीति अख्तियार गर्नेछ । दोस्रो तहमा बिक्रेताहरुलाई रणनीति अनुसार अघि बढ्नका लागि आवश्यक उपकरणको व्यवस्थ ागर्ने दराजले जनाएको छ । यसबाट दराजको सेवा सुधार गर्दै धेरैभन्दा धेरै सेवाग्राहीलाई आबद्ध गराउने उसको योजना छ । तेस्रो तहमा व्यवसायलाई परिष्कृत र लोकप्रिय बनाउनका लागि व्यवसायिक प्रक्रियालाई चुस्त बनाउने योजनामा बिक्रेताहरुलाई समेटिनेछ ।

दराज ग्रुपका प्रमुख कार्यकारी मिकल्सनले दराजका कारण मात्र नभई बिक्रेताको अधिक लगावका कारण व्यवसाय बिस्तारमा सफलता मिल्ने भन्दै बिक्रेताहरुलाई अनलाइनको अत्याधुनिक प्रणालीमा सहभागि गराउन लागिएको बताएका थिए । यस क्रममा सेवाग्रहीको सुरक्षामा कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।

नबिल बैंकले नेपालको अनलाइन बजार दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको सेलर समीटलाई सम्बोधन गर्दै दराजबाट हुने वस्तु तथा सेवाको कारोबारमा बैंकले भुक्तानीका लागि सहकार्य गर्ने उदघोष गरेका हुन् ।

सेलर समीटमा ६५० बढी बिक्रेताहरुलाई सम्बोधन गर्दै शाहले नबिल बैंकबाट रकम भुक्तानीको व्यवस्था हुँदा दुवै संस्थाको व्यवसाय बिस्तारमा टेवा पुग्ने बताएका हुन् । साथै उनले दराजका बिक्रेताहरुलाई नबिल बैंकले साना तथा मझौला व्यवसाय कर्जा उपलब्ध गराउने पनि बताए ।

दराज एक्सप्रेसको सुरुवात गर्ने उद्घोषसँगै दराज हबहरुबाट पनि प्रत्यक्ष रुपमा सेवा सुरु गरेर आफ्नो सेवा चुस्त अनि प्रभावकारी बनाउने योजना सेलर समिटमा सार्वजनिक गरिएको छ । यसका साथै आगामी नोभेम्बर ११ मा दराजले नेपालमै पहिलो पटक अधिक छुट तथा अफरहरु सहित ११ः११ सेल सञ्चालन गर्दैछ ।

Advertisement

Advertisement

Advertisement