बुकिङको मिति सुरु नहुँदै बसको सिट प्याक भइसकेको व्यवसायीको भनाई

Advertisement

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय विपरित केही यातायात व्यवसायीहरुले दशैंका लागि अग्रिम टिकट बेचेको पाइएको छ ।

महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि २४ घण्टाभित्र फिर्ता नलिए असोज ५ गतेबाट खुल्ला गर्ने भनिएको दशैंकालागि अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेपनि केही व्यवसायीले भने आफ्नो गाडीको अग्रिम बुकिङको टिकट सकिसकेको बताएका छन् ।

असोज ५ गतेबाट टिकट बुकिङ खुल्ला हुने थाहा पाएर एक व्यवसायीलाई फोन गर्दा आफ्नो गाडीको लगभग सबै सिट फुल भइसकेको बताएपछि आफू अलमल्ल परेको पूर्व घर भएका एक व्यक्तिले बताए ।

‘पछाडीका केही सिटहरुबाहेक अरु सबै सिट प्याक भइसक्यो । लास्टको सिट हुनेभए तपाइको नाममा राखिदिन्छु ।’ व्यवसायीलाई उदृत गर्दे उनले बताए ।

उता महासंघले दिएको समयको ४८ घण्टा समयमध्ये २४ घण्टा वितिसक्दा पनि सरकारबाट मूल्यवृद्धि फिर्ता लिने कुनै संकेत देखिएको छैन, जसले गर्दा ५ गतेदेखि खुल्ने भनिएको टिकट बुकिङ पनि अनिश्चित भएको छ ।

Advertisement

Advertisement

Advertisement