विप्लव माओवादीलाई चन्दा दिने व्यवसायीहरुको सूची यस्तो छ

Advertisement

काठमाडौं । छुट, सुविधा र प्रोत्साहनका लागि बारम्बार सरकारलाई दबाब दिने नेपालका व्यवसायिक प्रतिष्ठान एवं व्यवसायीहरुले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले फोन गरेको वा चिट्ठी पठाएको भरमा करोडसम्म चन्दा दिने गरेको तथ्य बाहिर आएको छ ।

जनआस्था साप्ताहिकमा बुधबार प्रकाशित चन्दा दिनेहरुको विवरणले नेपालका व्यवसायिक प्रतिष्ठान एवं व्यवसायीहरुको दोहोरो चरित्र देखिएको हो । मिडिया उद्योगले विज्ञापन दिँदा चन्दा दिएजस्तो व्यवहार गर्ने उनीहरुको प्रवद्धनात्मक खर्च अधिकांशको मुस्किलले कुल खर्चको एक डेढ प्रतिशत मात्रै हुन्छ । जबकी भारतलगायतका मुलुकमा कम्पनीहरुले कुल खर्चको पाँच प्रतिशतसम्म प्रवद्र्धन (विज्ञापन)मा खर्च गर्नुपर्ने व्यवस्था गरेको देखिन्छ ।

राज्यविरुद्ध विद्रोहमा उत्रिएर गैरकानुनी क्रियाकलाप गर्दै आएको समूहलाई जति पनि चन्दा दिन तयार हुने नेपालका व्यवसायिक एवं व्यवसायिक संस्थाहरुको सोचाई र कायैशैलीमा अझै पनि व्यवसायिक आचरणको विकास हुन सकेको देखिदैन ।

विप्लव समूहका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेलगत्तै फेला परेको एउटा डायरीमा थोरै विवरण उल्लेख भए पनि भर्खरै हात लागेको अर्को टिपोटमा विप्लवका मुख्य मुख्य आर्थिक सहयोगीहरुको नाम आएको छ ।

सरकारी वकिलसँग रहेको सो डायरीमा उल्लेख भएअनुसार,

अमर रायमाझीले ५ लाख
राजेश खड्काको जेम्स स्कुलले २० लाख
काठमाडौं मेडिकल कलेजले १५ लाख
प्रसादी एकेडेमीले १० लाख
गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख
पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख
नाइटिंगेल स्कुलले ५ लाख
हेलि एभरेष्टले १० लाख
निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख
सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख
औषधि माफिया विशाल पण्डितले ५ लाख
सुरेन्द्रबहादुर सिंहले १ करोड
ग्लोबल (बैंक वा कलेज वा समूह, स्पष्ट नखुलेको)ले २० लाख
नोबेल मेडिकल कलेजले १५ लाख
रामबहादुर धितालले १ लाख
क्यासिनो किङ किशोर सिलवालले १ करोड
युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख
म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख
सुरेन्द्र अधिकारीले १० लाख
शिवम् सिमेन्टले १५ लाख
मारुती सिमेन्टले ५ लाख
अनिल अग्रवालले ५ लाख
सोनापुर सिमेन्टले ३ लाख
घोराही सिमेन्टले ५ लाख
एलबी ग्रुपले ३ लाख
गोल्छा अर्गनाइजेशनले ३ लाख
बुटवल पावर कम्पनी लिमिटेडले १ लाख
ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख
सुवास श्रेष्ठले १ लाख
निष्टका माधव बरालले ५ लाख
डाक्टर कनौडियाले १ लाख
सिर्जना राणाले १ लाख
रामेश्वर अर्यालले १ लाख
अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएका छन् ।

आजको जनआस्था साप्ताहिकबाट ।

Advertisement

Advertisement

Advertisement