म्याग्दी खोलाबाट पाँच वर्षभित्र उत्पादन सुरु गर्नेगरी हाइड्रो भिलेजसँग पीपीए

Advertisement

काठमाडौं । हाइड्रो भिलेजले निर्माण गर्ने ‘म्याग्दी खोला जलविद्युत आयोजना’को विद्युत खरिद सम्झौता (पीपीए) भएको छ ।

सम्झौतापत्रमा आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् । आयोजनाले पाच वर्षभित्र विद्युत उत्पादन तथा वितरण गर्ने लक्ष्य लिएको छ ।

आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा आठ रुपियाँ ४० पैसा र बर्षातमा चार रुपियाँ ८० पैसा प्रतियुनिटका दरले खरिद गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । म्याग्दीमा अवस्थित अदी प्रवाही(आरओआर) आयोजना समयमानै सम्पन्न हुने र नेपालको जलविद्युत क्षेत्रमा योगलान पुर्याउने निर्देशक घिसिङले बताए ।

आयोजनाबाट उत्पादित विजुली कालिगण्डकी करिडोरको डाँडाखेत सवस्टेसन को एक सय ३२ केभी प्रसारण लाइनमा जोडिने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन प्राधिकरणले नै बनाउने गरी सम्झौता भएको छ । आयोजना सम्पन्न हुँदा प्रसारणलाई पनि बनिसक्ने कम्पनीले जनाएको छ ।

आयोजनाको कुल लागत १० अर्ब रुपियाँ हुने हाइड्रो भिलेजका अध्यक्ष थापाले बताए । प्राधिकरणले समयमै प्रसारण लाइन बनाउने र समयमै आयोजनाको काम पनि सम्पन्न हुने पनि उनले बताए ।

धौलागिरी हिमालको आधारमा रहेको आयोजना प्राविधिक रुपमासमेत उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । आयोजनाको ३० प्रतिशत पूँजि आन्तरिक लगानीमा हुने र बाँकिको ७० प्रतिशत वैदेशिक तथा आन्तरिक ऋणबाट एक वर्षभित्र जुटाइने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement