गैरआवासीय नेपाली संघको ७९ एनसीसीमा अफ्रिकी मुलुक सेशेल्स

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको ७९औं राष्ट्रिय समन्वय परिषद (एनसीसी)को रुपमा सेशेल्समा संगठन निर्माण गरिएको छ । अफ्रिकी मुलुक सेसेल्स अफ्रिकाको सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको र थोरै जनसंख्या भएको देश हो ।

अफ्रिकाको पुर्वी तटमा रहेको टापुहरुको यो देश संसारको निकै लोकप्रिय पर्यटकीय स्थलमध्येको एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत रहेको संघले जनाएको छ ।

सो देशमा रहेका नेपालीहरुको हालै सम्पन्न भेलाले रामप्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्स गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराए । कमिटिको उपाध्यक्षमा मनोज विक र किशोर महर्जन, महासचिवमा कमानसिंह खत्री, सचिवमा बिश्वजीत कार्की, कोषाध्यक्षमा कोमलराज पान्डेय, सहकोषाध्यक्षमा किरण अधिकारी, प्रवक्तामा एकराज सुवेदी, महिला संयोजकमा गोमा अधिकारी र युवा संयोजक रामचन्द्र राई रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा चेतमान कुवर, आइन्द्र लिम्बू र बिष्णु चयन भएका छन् ।

Advertisement

Advertisement

Advertisement