गरिमा विकास बैंकको साधारण सभा असोज २६ गते

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले यहि असोज २६ गते साधारणसभा आह्वान गरेको छ । बैंकले पोखरा स्थित ‘ग्रान्ड होटल’ विरौटामा साधारण सभा गर्ने भएको हो ।

सभामा बैंकले १३ दशमलव ७५ प्रतिशत लाभांस पारितको प्रस्ताव गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीबाट १० प्रतिशत बोनस सेयर र तीन दशमलव ७५ प्रतिशत नगद लाभांसगरी कूल १३ दशपलव ७५ प्रतिशत लाभांस दिने तयारी गरेको छ ।

त्यस्तै बैंकले सभामा बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहि अनुसारको नियमावली संसोधनको प्रस्ताव पनि पेश गर्ने भएको छ । सभामा आव २०७४–७५को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाबलगायतका विषयमा पनि छलफल हुने बैंकले जनाएको छ ।

साधारण सभाका लागि बैंकले असोज १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सो अनुसार असोज ११ गतेसम्ममा कायम रहेका सेयरधनिहरुले बोनस र नगद लाभांस सुरक्षित गर्न सक्नेछन् । हाल गरिमा विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement